PahiloPost

Dec 26, 2025 | ११ पुष २०८२

सामाजिक सद्भाव र राष्ट्रिय एकतामा जोड दिँदै राष्ट्रपतिको दसैं शुभकामना



पहिलोपोस्ट

सामाजिक सद्भाव र राष्ट्रिय एकतामा जोड दिँदै राष्ट्रपतिको दसैं शुभकामना

काठमाडौं : राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीले नेपालीहरुको महान् पर्व बडादसैंको अवसरमा सबै नेपालीमा शुभकामना सन्देश जारी गरेकी छिन्। दसैंसँगै तिहार, नेपाल सम्वत् र छठका अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिका लागि उनले शुभकामना व्यक्त गरेकी हुन्।
 
आज जारी गरेको शुभकामना सन्देशमा अनेकतामा एकता तथा सबै जातजाति र धर्मावलम्बीको साझा फूलबारीका प्रतीकका रुपमा रहेको उल्लेख गर्दै चाडपर्वले भौगोलिक, धार्मिक, सांस्कृतिक, जातीय र भाषिक विविधतालाई आपसमा गाँसेर सामाजिक सद्भाव, राष्ट्रिय एकता र साझा नेपाली पहिचान कायम गर्नमा महत्वपूर्ण योगदान गरेको जनाएकी छिन्।
 
'विजयादशमीले हिमाल, पहाड, तराई-मधेस तथा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म बसोबास गर्ने भिन्नभिन्न जातजाति, वर्ण, भाषा, धर्म र सामाजिक एवम् सांस्कृतिक पहिचान बोकेका सबै नेपालीका लागि समान अवसरका ढोका खोली राष्ट्रिय एकता सुदृढ पार्न र सामाजिक सद्भाव एवम् आपसी भ्रातृत्व कायम गर्नसमेत सफल रहोस् भन्ने कामना गर्दछु,' उनले भनेकी छिन्।
 
नेपालको संविधानमार्फत प्राप्त राजनीतिक, संवैधानिक एवम् सामाजिक उपलब्धिको जगेर्ना गर्दै समुन्नत नेपाल निर्माणको अभियानमा अघि बढ्न सबैलाई सकारात्मक सोच राखी सत्विचार र सत्व्यवहारमा अग्रसर हुन पनि राष्ट्रपति भण्डारीले दसैंको अवसरमा आग्रह गरेकी छिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell