.jpg)
काठमाडौं : एमाले अध्यक्ष केपी शर्मा ओलीले ८७ वर्षीय पिता मोहनप्रसाद ओलीको हातबाट टीका ग्रहण गरेका छन्। उनले टीकाको साइत ८ बजेर ४५ मिनेट जाँदा आफ्नै निवास बालकोटमा टीका लगाएका हुन्।
उनले टीका ग्रहण गरेसँगै पत्नी राधिका शाक्य तथा आफन्तलाई टीका लगाइदिएका छन्। अध्यक्ष तथा पूर्वप्रधानमन्त्री ओलीले विजयादशमीका दिन बालकोटस्थित निवासमा बिहान १० देखि १२ बजेसम्म परिवार र आफन्त तथा १२ देखि ३ बजेसम्म पार्टीका नेता, कार्यकर्ता र शुभेच्छुकलाई टीका लगाउने कार्यक्रम रहेको प्रेस सल्लाहकार प्रमोद दाहालले जानकारी दिए।
यसैगरी अध्यक्ष केपी शर्मा ओलीले बडादसैँको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहेका नेपालीहरुम शुभकामना व्यक्त गरेका छन्। यस पर्वले संविधानले निर्धारित गरेको समयसीमामा संविधानको प्रभावकारी कार्यान्वयनका लागि सबै राजनीतिक शक्तिमा प्रेरणा मिलोस् भनी उनले कामना गरेका छन्।
अध्यक्ष ओलीले आज दिएको सन्देशमा बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक नेपालीबीचको एकता र सद्भावको निरन्तरता एवम् राष्ट्रिय एकताको लागि कामना पनि गरेका छन्। फाइल फोटो