PahiloPost

May 10, 2025 | २७ बैशाख २०८२

राष्ट्रपतिलाई काकाले लगाइदिए शुभसाइतमै टीका



सविन ढकाल

राष्ट्रपतिलाई काकाले लगाइदिए शुभसाइतमै टीका

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले काका खगेन्द्र पाण्डेको हातबाट आज बिहान शुभसाइतमै विजयादशमीको टीका तथा जमरा ग्रहण गरेकी छिन्।
 
राष्ट्रपति निवासमा भएको टीका ग्रहण कार्यक्रममा शुभसाइत ८ बजेर ४५ मिनेटमा राष्ट्रपति भण्डारीले काकाको हातबाट टीका ग्रहण गरिन्। भण्डारीकी आमा मिथिला पाण्डे छोराका साथमा अमेरिकामै रहेकाले उनले आमाको हातबाट टीका थाप्न पाइनन्।
 
राष्ट्रपति भण्डारीले टीका लगाएपछि उनले आफ्नी छोरी, देवर लगायत परिवारका अन्य आफन्तहरुलाई टीका तथा जमरा लगाएदिएकी छन्। उनले टीका लगाएसँगै ११ बजेदेखि १२ बजेसम्म सल्लाहकार समूह, कार्यालका कर्मचारीलाई टीका लगाइदिने कार्यक्रम छ। त्यस्तै १ बजेदखि २ बजेसम्म मन्त्रीहरु, राजनीतिक दलका नेता, सांसद, संवैधानिक नियकाका, प्रमुख, राष्ट्रसेवक कर्मचारी, नेपाली सेना, सशस्त्र प्रहरीका इच्छुक अधिकृतलाई टीका लगाइदिने कार्यक्रम रहेको राष्ट्रपतिको सचिवालयले जनाएको छ।

सर्वसाधारणहरुका लागि भने राष्ट्रपति भण्डारीले दिउँसो २ बजेदेखि टीका लगाउने कार्यक्रम रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell