PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

१७ फोटोमा हेर्नुस्, शीतलनिवासमा राष्ट्रपतिको दसैं

१७ फोटोमा हेर्नुस्, शीतलनिवासमा राष्ट्रपतिको दसैं

सविन ढकाल/पहिलोपोस्ट


काठमाडौं : राष्ट्रपति भवन शीतलनिवासमा आज बिहानैदेखि निकै चटारो थियो। राष्ट्रपति विद्यादेवी भण्डारी यो भवनमा पहिलो पटक विजयादशमीमा मनाउँदै छिन्। टीका लगाइदिने आमा मिथिला पाण्डे छोराका साथ अमेरिकामा रहेकाले उनलाई काका खगेन्द्र पाण्डेले टीका लगाइदिने तयारी थियो।
 
काकाकै हातबाट शुभसाइतमै अर्थात् बिहान ८ बजेर ४५ मिनेटमा राष्ट्रपति भण्डारीले विजयादशमीको टीका तथा जमरा ग्रहण गरिन्। सो अवसरमा हनुमानढोका दसैंघरका मुलपुजारी देवराज अर्यालले पनि उनलाई विजयादशमीको टीका लगाइदिएका थिए। 

राष्ट्रपतिलाई उहाँले शास्त्रोक्त विधिपूर्वक अभिषेक गर्दै जमरा र नवदुर्गाको प्रसाद प्रदान गर्नुभएको थियो ।राष्ट्रपति भण्डारीले टीका लगाएपछि आफ्नी छोरी, देवर लगायत परिवारका अन्य आफन्तहरुलाई टीका तथा जमरा लगाएदिएकी छन्।
 
राष्ट्रपतिले बिहान ११ बजेदेखि १२ बजेसम्म सल्लाहकार समूह, कार्यालका कर्मचारीलाई टीका लगाइदिने कार्यक्रम छ। त्यस्तै १ बजेदखि २ बजेसम्म मन्त्रीहरु, राजनीतिक दलका नेता, सांसद, संवैधानिक नियकाका, प्रमुख, राष्ट्रसेवक कर्मचारी, नेपाली सेना, सशस्त्र प्रहरीका इच्छुक अधिकृतलाई टीका लगाइदिने कार्यक्रम रहेको राष्ट्रपतिको सचिवालयले जनाएको छ।
 
सर्वसाधारणहरुका लागि भने राष्ट्रपति भण्डारीले दिउँसो २ बजेदेखि टीका लगाइदिँदैछिन्।


ट्रेन्डिङ पोस्ट

Ncell