
पाकिस्तानको निर्वाचित सरकार र सेनाबीच मतभेद बढेको समाचार लेखेका कारण सिरिल अल्मिडालाई देश छाड्न प्रतिवन्ध लगाइएको छ। सर्जिकल स्ट्राइको विषयलाई लिएर बढ्दो तनाव र पाकिस्तानलाई विश्वव्यापी दवावको विषयमा लेखेवापत कोलमिस्ट तथा डँन पत्रिकाका पत्रकार अल्मिडालाई ''एक्जिट कन्ट्रोल लिस्ट'मा समावेश गरिएको हो। यो सूचीमा परेका कोही पनि पाकिस्तानको सीमा नाघेर बाहिर जान पाउँदैनन्।
'स्तब्ध, दुखी। यहाँबाट कतै जाने उद्देश्य छैन। यो मेरो घर हो। पाकिस्तान,' अल्मिडाले ट्विट गरेका छन्।
Puzzled, saddened. Had no intention of going anywhere; this is my home. Pakistan.
— cyril almeida (@cyalm) October 11, 2016
उनले पाकिस्तानका प्रधानमन्त्री नवाज सरिफ र सेनाको गुप्तचर प्रमुख राहिल सरिफबीच विवाद भएको विषय प्रकाशित गरेका थिए।
अल्मिडाले मंगलबार परिवारसँगै दुवई घुम्न जाने बुकिङ गरेका थिए। तर, सोमबार साँझ उनले मुलुकको भूगोल काट्न नपाउने पत्र पाए।