PahiloPost

Dec 26, 2025 | ११ पुष २०८२

एसियाली मञ्चको सम्मेलनमा सहभागी हुन बैंकक गएका परराष्ट्रमन्त्री स्वदेश फिर्ता



पहिलोपोस्ट

एसियाली मञ्चको सम्मेलनमा सहभागी हुन बैंकक गएका परराष्ट्रमन्त्री स्वदेश फिर्ता

काठमाडौं : परराष्ट्रमन्त्री डा. प्रकाशशरण महत एसियन कोअपरेसन डाइलग (एसियाली मञ्च) को दोस्रो सम्मेलनमा सहभागी भई आज स्वदेश फर्किएका छन्।
 
थाइल्यान्डको बैंककमा भएको सो सम्मेलनमा भाग लिन नेपालको प्रतिनिधिमण्डलको नेतृत्व गर्दै गत शुक्रबार उनी त्यसतर्फ गएका थिए। एसियाका ३४ देशको सहभागिता रहेको सो सम्मेलन गत आइतबारदेखि बैंककमा सुरु भएको थियो।
 
उनीसँगै परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास वैरागी पनि सो सम्मेलनमा सहभागी थिए। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell