PahiloPost

Mar 14, 2026 | ३० फागुन २०८२

आज पनि टीका ग्रहण गर्ने क्रम जारी, राजधानीमा चहलपहल बढ्दै



पहिलोपोस्ट

आज पनि टीका ग्रहण गर्ने क्रम जारी, राजधानीमा चहलपहल बढ्दै

काठमाडौं : नेपाली हिन्दु धर्मालम्बीहरुको महान् चाड बडादसैं अन्तर्गत आज एघारौं दिन अर्थात् एकादशी। आज पनि बिहानैदेखि मान्यजन तथा ठूलाबडाबाट टीका तथा जमरा लगाई दसैं धुमधामका साथ मनाइँदैछ। हिजो विजयादशमीका दिन टीकाको शुभसाइतमा तथा त्यस दिन टीका लगाउन छुटेका वा टाढाटाढा भएकाहरुले आज टीका लगाउँदैछन्।
 
विजयादशमीका दिनदेखि सुरु भएको टीका तथा जमरा ग्रहण गर्ने क्रम कोजाग्रत पूर्णिमासम्म जारी रहन्छ। देशका केही भागमा भने टीकाको दिनमात्र टीका लगाउने चलन पनि छ।
 
असत्यमाथि सत्य र आसुरी शाक्तिमाथि दैवीशक्तिको विजयका रुपमा दसैं मनाइँदै आएको छ। घटस्थापनादेखि नौ दिनसम्म घरमा दुर्गाभवानीको पुजाआराधाना गरी राखिएको जमरा सहितको टीका वियजादशमीदेखि लगाउने परम्परागत चलन हो।

आज बिहानैदेखि टीका लगाउन आफन्तकहाँ जानेहरुका कारण राजधानीमा गाडीको चहपहल केही बढेको छ। टीकाको दिन राजधानीका सडक प्राय: सुनसान थियो। आज भने निधारमा रातो टीका र पहेँलो जमरा लगाएर गन्तव्यतिर हिँडेकाहरुका कारण बिस्तारै राजधानी पनि चलायमान बन्दैछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell