PahiloPost

Mar 10, 2025 | २६ फागुन २०८१

टीका थाप्न सखिया नृत्यसहित थारु समुदाय बडघरमा



पहिलोपोस्ट

टीका थाप्न सखिया नृत्यसहित थारु समुदाय बडघरमा

कञ्चनपुर : कञ्चनपुरका थारु समुदायले नाचसहित बडघरमा जम्मा भएर बडादसैं मनाएका छन्।
 
पालो पर्खदै पहुरा लिएर बडघरमा जम्मा भएका थारु समुदायका बालबालिका, बुढापाका, महिला र तन्नेरीले टीका थापेका हुन्। थारु समुदायमा बडादसैंको टीका बडघरमा गएर थाप्ने चलन रहेको छ।  
 
टीका थाप्न गाँउगाँउबाट सखिया, लठुवा र छोक्रा नाचसँगै पहुराका रुपमा मदिरा, जमरा, बेवरी र टीकासहित बडघरमा जाने चलन रहेको स्थानीय परदेशी चौधरीले बताए।
 
गाँउका मान्यजनका रुपमा समाजले सामाजिक र साँस्कृतिक कार्य गर्न चुनेका बडघरबाट पहिलो टीका थापेर आशीर्वाद लिनुपर्ने परम्परागत चलन रहेको उनले बताए।
 
 
टीका थाप्नका लागि परिवारसहित बडघरमा पुगेका विश्राम चौधरीले छोक्रा नाचसहित टीका लगाउन आएको बताए।रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell