PahiloPost

Jun 14, 2026 | ३१ जेठ २०८३

१६ फोटोमा हेर्नुस्, बादलको समुद्र र तालको कोलाज

१६ फोटोमा हेर्नुस्, बादलको समुद्र र तालको कोलाज

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : प्राकृतिक सुन्दरताबाट देशमा मात्र नभई विश्वमा नै परिचित छ पोखरा। पोखराकै समीपमा रहेका अन्नपूर्ण हिमशृंखला, माछापुच्छ्रे, सेती नदी, गुफा र विभिन्न तालतलैयाहरु पर्यटकहरुलाई आकर्षित बनाउने प्राकृतिक कोसेली हुन्।
 
पोखराको लेखनाथ नगरपालिकाको छुटै पहिचान छ। सात तालको सहरले पनि प्रख्यात छ लेखनाथ। नेपालको तेस्रो ठूलो ताल बेगनास ताल यसै नगरपालिकामा पर्छ।
 
दसैंको समयमा पोखरा र त्यसमा पनि तालहरु ताल हेर्न र प्रकृतिको काखमा रमाउनेहरुको भिड लाग्ने गर्छ। सुन्दर र आर्कषक देखिने बेगनास ताल ३२३ हेक्टर क्षेत्रफलमा फैलिएको छ। तालको गहिराइ करिब १० मिटर छ।
 
यस्तै रुपा तालमा रमाउन पुग्ने आन्तरिक तथा बाह्य पर्यटकको संख्य पनि कम छैन। १ सय ६३ हेक्टर क्षेत्रफल ओगटेको छ रुपमा तालले। ६ मिटर गहिराइ रहेको छ यस तालको।
 
मौसम खुलेको समयमा यी ताल र वरिपरिको हरियाली मनमोहक लाग्छन्। दसैंको फुर्सदको बेला आन्तरिक तथा बाह्य पर्यटकहरुले आँखाभरि यिनै प्राकृतिक सुन्दरता पिइरहेका छन्।
 
हल्का बादलका सेता टुक्रा उडिरहँदा यहाँका थुम्काथुम्की पहाडमाथि समुद्र तैरिएझैं लाग्छ। माथि सेता हिमचुचुरा, अलि तल हरिया फाँट अनि आकाशको निलो छायाँ देखिने तालहरु। शब्दमा मात्रै वर्णन गर्न सकिन्न।
 
पोखराको सुन्दरता हेर्न पुगेका युपी लामिछानेले त्यहाँको बेगनास र रुपा तालका साथै हिमशृंखलाको सौन्दर्यलाई क्यामेराको फ्रेमभित्र यसरी कैद गरेका छन्। यो बिदामा तपाईं पनि जाने हो कि?


ट्रेन्डिङ पोस्ट

Ncell