PahiloPost

Jun 14, 2026 | ३१ जेठ २०८३

मासु खाँदा हड्डी अड्क्यो, बहादुरको गयो ज्यान



पहिलोपोस्ट

भीमदत्तनगर : घरमा बसेर  मासु खाँदा घाँटीमा अड्किएपछि कञ्चनपुरको कृष्णपुर– २ वाणीका ५६ वर्षीय बहादुर रावलको मृत्यु भएको छ।
 
गुलरियास्थित इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब निरीक्षक भरतसिंह धामीले मासु खाने क्रममा घाँटीमा अड्किएर रावलको मङ्गलबार राति मृत्यु भएको बताए।
 
उनलाई उपचारका लागि भीमदत्तनगरस्थित महाकाली अञ्चल अस्पताल पुर्‍याउँदा बाटोमै मृत्यु भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell