PahiloPost

Sep 18, 2026 | २ असोज २०८३

स्थानीय तहको चुनाव गर्नुपर्छ : उपाध्यक्ष ज्ञवाली



पहिलोपोस्ट

स्थानीय तहको चुनाव गर्नुपर्छ : उपाध्यक्ष ज्ञवाली

काठमाडौँ : नेकपा (एमाले) का उपाध्यक्ष युवराज ज्ञवालीले संविधान कार्यान्वयनका लागि स्थानीय तहको चुनाव गर्नुपर्नेमा जोड दिएका छन्।
 
रिपोर्टर्स क्लबद्वारा आज यहाँ आयोजित अन्तर्क्रिया कार्यक्रममा उनले भने — संविधान संशोधनको प्रक्रियाले द्वन्द्व र विवाद बढाउने हुँदा यसको औचित्य छैन्।
 
उपाध्यक्ष ज्ञवालीले चुनाव भएपछि सबै दलको सहकार्यमा संविधान संशोधन गर्न सक्ने बताउँदै सबै दलले देश  र जनताको हितमा राजनीतिलाई केन्द्रित गर्नुपर्छ भने।
 
नेपाली काँग्रेसका प्रमुख सचेतक चिनकाजी श्रेष्ठले गणतन्त्र, सङ्घीयता र धर्मनिरपेक्षताका विरुद्ध सम्झौता गरेर संविधान संशोधनका लागि काँग्रेस तयार नहुने बताउँदै मधेस केन्द्रित दललगायत संविधानप्रति असन्तुष्ट पक्षको भावनालाई सम्बोधन गर्नुपर्नेमा जोड दिए।
 
ओवादी केन्द्रका नेता हरिबोल गजुरेलले संविधान संशोधनका लागि ठूला दलको शीर्ष नेतृत्वका बीचमा अनौपचारिक छलफल भइरहेको जानकारी दिँदै  संशोधनका लागि छिटो प्रस्ताव ल्याइने बताए।
 
राप्रपा नेपालका प्रमुख सचेतक दिलनाथ गिरीले कुनै पनि दलसँग दुई तिहाइ बहुमत नरहेको अवस्थामा दलहरुबीचको सहमति र सहकार्यबाट मात्र संविधान संशोधन हुन सक्ने प्रष्ट पार्दै संशोधन प्रक्रिया अगाडि बढाउँदा मुलुकलाई हिन्दू राष्ट्र कायम गराउनुपर्ने माग गरे।
 
संयुक्त मधेसी मोर्चाका नेता रामनरेश रायले मुलुकमा विद्यमान समस्या समाधानका लागि ठूला दल जिम्मेवार हुनुपर्नेमा जोड दिँदै संविधान संशोधनको प्रक्रिया बढाउन माग गरे। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell