PahiloPost

Jun 14, 2026 | ३१ जेठ २०८३

६ वर्षीया छोरीको आमाद्वारा हत्या



पहिलोपोस्ट

रोल्पा : रोल्पा मिझिङ गाविस–६ मा एक महिलाले आफ्नै छोरीको हत्या गरेकी छन्।
 
लिवाङ नगरपालिका–२ खुमेल घर भई हाल मिझिङ–६ रोल्पा माइतीघर बस्दै आएकी धना बुढाथोकीले गए राती ९ बजे दाउराले पिठ्यूँमा हिर्काएर आफ्नै छ वर्षीया छोरी झकमा बुढाथोकीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक केशव बस्नेतले बताए।
 
नौ महिनाको गर्भवतीसमेत रहेकी धना छ वर्षकी छोरी र डेढ वर्षको छोरासँग बस्दै आएकी थिइन्। मानसिक सन्तुलनसमेत ठीक नभएकी उनको श्रीमान् गोपाल बुढाथोकीले ज्याला मजदुरीको सिलसिलामा धनगढीमा रहेको प्रहरीले बताएको छ।
 
स्थानीयवासीले घटनाका सम्बन्धमा इप्रका सुलिचौरमा सूचना गरेपछि घटनास्थल पुगेका प्रहरीले अभियुक्त बुढाथोकीलाई नियन्त्रणमा लिई इप्रका सुलिचौरमा राखेको प्रहरी निरीक्षक बस्नेतले जानकारी दिए।
रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell