PahiloPost

Dec 28, 2024 | १३ पुष २०८१

एयरपोर्टबाट सबैभन्दा बढी भित्रिन्छ मोबाइल



उमेश पौडेल

काठमाडौं : नेपालमा वर्षेनि मोबाइल आयातमा पाँचदेखि सात लाखका दरले बृद्धि भइरहेको छ। नयाँ नयाँ प्रविधि र दैनिक जीवनमा प्रयोग हुने परिवर्तित एपहरुले गर्दा नेपालमा पनि यसको आयात बृद्धि गराइरहेको छ।

त्रिभुवन विमानस्थल भन्सार कार्यालयको तथ्याङ्क हेर्ने हो भने विगत पाँच वर्षमा सबैभन्दा धेरै मोबाइलको आयात भएको देखिएको हो।
 
त्रिवि भन्सार कार्यालयको तथ्याङ्क हेर्ने हो भने आव ६९/७० मा २० लाख ९४ हजार ८१ वटा मोबाइल सेट आयात भएको देखिन्छ भने ती मोबाइलहरुको मूल्य पाँच अर्ब ९० करोड रुपैयाँ बराबरको रहेको छ। यसबापत सरकारले ७६ करोड ५६ लाख रुपैयाँ राजश्व प्राप्त गरेको छ।
त्यस्तै आव ७०/७१ को तथ्याङ्क हेर्ने हो भने अघिल्लो आर्थिक वर्षमा भन्दा संङ्ख्या, कारोबार र राजश्व सबै बढेको देखिन्छ। यसमा ३७ लाख ५९ हजार चारसय ८९ वटा मोबाइल सेट आयात भएको छ भने ती मोबाइलहरुको मूल्य ८ अर्ब ५१ करोड रुपैयाँ रहेको छ। यसबाट सरकारले एक अर्ब ९ करोड रुपैयाँ राजश्व पाएको देखिन्छ।
 
यसरी नै वर्षैपिच्छे नेपालमा मोबाइल आयातको क्रम रोकिएको छैन। प्रत्येक आवमा कमसेकम पाँचदेखि सात लाखका दरले मोबाइल आयातमा बृद्धि भएको छ।
 
पछिल्लो समय मोवाइल फोन आयात उच्च रुपमा बढेको छ। अझ यो आर्थिक वर्षको सुरुको एक महिनाभित्र नै चार लाख २७ हजार सातसय ३३ वटा मोबाइलको आयात भएको छ। यसले पनि के देखाउँछ भने नेपालमा मोबाइलको आयात र प्रयोग धेरै गुणा बढिरहेको छ।
नेपाल भित्रने कुल मोबाइल फोन मध्ये झण्डै ९० प्रतिशत मोबाइल फोन चीनबाट आयात हुँदै आएको छ भने केही प्रतिशत मात्र अन्य मुलुकहरुबाट आयात भएको त्रिवि भन्सार विभागका भन्सार अधिकृत टेक बहादुर अर्यालले जानकारी दिए।
 

किन  बढिरहेको छ मोबाइलको आयात?

पछिल्लो समय नेपालीहरुमा मोबाइल फोन अत्यावश्यक बस्तु भएकाले आयात बढिरहेको एप्पलका लागि नेपालको आधिकारीक आयातकर्ता जेन नेक्स्टका प्रवन्ध निर्देशक पवनकुमार भीमसरियाले जानकारी दिए। उनी भन्छन्  'पहिले मानिसहरु तीन चार वर्षमा मात्र मोबाइल परिवर्तन गर्थे भने आजभोलि एक वर्षभित्र दुईवटासम्म परिवर्तन गर्न थालेका छन्।'
 
यसैगरी पछिल्लो समय स्मार्टफोनमा प्रयोग हुने विशेषता छिटो छिटो परिवर्तन हुने भएकाले पनि नयाँ फोन किन्ने क्रम बढेको हो। जसले गर्दा नयाँ विशेषता भएको फाने आउनेबित्तिकै पुरानो फोन परिवर्तन गर्ने क्रम बढेको समेत उनले जानकारी दिए।
 

भ्याट छुट आयात बढ्ने अर्को

सरकारले मोबाइल लगायत सञ्चारका उपकरणलाई अत्यावश्यक सेवाको रुपमा लिएका कारण पनि मोबाइल आयातमा बृद्धि भएको हो। सरकारले गत आर्थिक वर्षमा ६० प्रतिशत भ्याट फिर्ता गर्ने गरेको थियो भने अघिल्लो आवदेखि ५० प्रतिशतमा झारेको छ। त्यस्तै यो आवदेखि त्यसलाई पनि कम गर्दै ४० प्रतिशत भ्याट छुट दिँदै आएको छ।
 
मोबाइलमा भ्याट फिर्ता गरेका कारण पनि आयातमा बृद्धि भएको नेपाल दुरसञ्चार प्राधिकरणका असिस्टेन्ट डाइरेक्टर हिरण्य प्रसाद बास्ताकोटीले बताए। प्राधिकरणले आइएमइआइ नम्बर दर्ता अनिवार्य गर्नुपर्ने नियम ल्याएका कारण कानुनी रुपमा आयात बढेको उनले जानकारी दिए।
 

ग्रे मार्केट कम हुँदै

प्राधिकरणले अनिवार्य रुपमा आएमइआई दर्ता गर्नुपर्ने प्रावधान ल्याएपछि पछिल्लो समय ग्रे मार्केटबाट आयात तथा बिक्रीवितरणको काम धेरै कम भएको छ। पहिले पहिले जसले पनि विदेश गएर एकपटकमा चारपाँचवटासम्म मोबाइल ल्याउन पाउथ्यो भने यो काम अहिले आएर रोकिएको छ।
 
सरकारले पूर्ण रुपमा आधिकारीक च्यानलमार्फत र आइएमइआई दर्ताको नियम लागु भइसकेपछि हाल दिइरहेको भ्याट छुट नदिने अर्थ मन्त्रालयका सहसचिव आनन्दराज ढकालले जानकारी दिए। 'आधिकारिक च्यानलमार्फत आयात भएपछि ग्रे मार्केट रोकिन्छ र राज्यले पाउने कर पनि बढ्छ' उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell