PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

हात्तीले बदल्यो दसैंलाई शोकमा



राधेश्याम पटेल

वीरगन्ज : पूर्व–पश्चिम राजमार्गको बारा क्षेत्र जोखिमपूर्ण बनेको छ। पर्सा वन्यजन्तु आरक्षको हात्तीहरुको समूहले केही सातादेखि पर्साको ठोरीसँगै बारामा उत्पात मचाउन थालेको छ। मंगलबार अरु नेपालीले दशैंको टिका लगाइरहेको बेला बारा, गढिमाई नगरपालिका– १६ टागियाबस्तीका कैलाश योञ्जनको हात्तीको आक्रमणबाट मृत्यु भएको छ। राजमार्ग छेउकै वडा पर्ने टागियाबस्तीको जंगलमा हात्तीले कुल्चेर मारेको हो। १८ वर्षीय योञ्जन पानी भर्न जंगलको कुवातिर गएका थिए। पानी लिएर घर फर्किन लागेका उनलाई हात्तीले बाटौमै मार्‍यो।

निजगढ नजिक पर्ने टागियाबस्ती, रतनपुरी तथा निजगढ क्षेत्रमा हात्तीले खास गरी मान्छे मार्दै आएता पनि पर्सा वन्यजन्तु आरक्ष यस विषयमा मौन बस्ने गर्छ। धनजनको क्षतिको लागि आरक्षले खासै पहल नगरेको गाउँलेहरु गुनासो गर्छन्।

१२ कक्षामा अध्यनरत योञ्जनलाई हात्तीले बिहान सात बजे कुल्चेर मारेको थियो। उनको शव पोस्टमार्टमका लागि नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्जमा ल्याइएको इलाका प्रहरी कार्यलय सिमराका प्रहरी निरीक्षक गोविन्द कार्कीले जनाए।

जंगली हात्तीको आक्रमणबाट टागियाबस्तीमा ६ जनाले ज्यान गुमाएकोमा अहिले सम्म ३ जना मृतक परिवारलाई मात्र सरकारले क्षतिपूर्ति उपलब्ध गराएको छ। मृत्तक परिवारले हात्तीले गर्ने सम्पूर्ण धनजनको क्षतिको माग गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell