PahiloPost

Sep 18, 2026 | २ असोज २०८३

राजधानीमा सवारी आवागमन बाक्लिँदै, नाकाहरुमा चाप थपियो



पहिलोपोस्ट

राजधानीमा सवारी आवागमन बाक्लिँदै, नाकाहरुमा चाप थपियो

काठमाडौं : दसैं आगमनसँगै रित्तिँदै गएको राजधानीको चलहपहल बिस्तारै बढ्न थालेको छ। सडकमा सवारी आवागमन बाक्लिएको छ भने मानिसहरुको भिडभाड पनि बढ्दै गएको छ। दसैंमा बन्द रहेका पसलहरु खुल्न थालेका छन्। उपत्यका भित्रिने नाकाहरुमा दसैं मनाएर फर्किनेहरुका कारण सवारी चाप हिजो अस्तिभन्दा थपिएको छ।

यस्तै बडादसैंको अवसरमा आज पनि देशका विभिन्न ठाउँमा टीका ग्रहण गर्ने चलिरहेको छ। आज द्वादशीको बिहानैदेखि आफूभन्दा ठूलाबडा र मान्यजनको हातबाट टीकाजमरा ग्रहण गरी आशीर्वाद लिने क्रम जारी रहेको हो।
 
देशका कतिपय ठाउँमा भने टीकाको दिनमात्र टीका लगाउने चलन पनि छ। टीकाको शुभसाइत तथा त्यस दिन टीका लगाउन छुटेकाहरु आज टीका लगाउन गइरहेका छन्। दसैंको दिनबाट सुरु भएको टीका तथा जमरा ग्रहण गर्ने क्रम कोगजाग्रत पूर्णिमासम्म रहन्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell