काठमाडौं : भक्तपुरको लोकन्थलीमा भएको मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु भएको छ।
लोकन्थली-१६ मनहरामा गए राति सवा २ बजे बा२२प ६०६९ नम्बरको मोटरसाइकल दुर्घटनामा परी काठमाडौंका २३ वर्षीय युकेश श्रेष्ठको घटनास्थलमै मृत्यु भएको महानगरी ट्राफिक प्रहरी महाशाखाले जनाएको छ। तीव्र गतिमा रहेका कारण अनियन्त्रित भई सो दुर्घटना भएको प्रहरीको भनाइ छ।
यस्तै, भक्तपुरकै सूर्यविनायक पलासेमा गएराति बा१७प १०७२ नम्बरको मोटरसाइकल दुर्घटनामा परी चालक सूर्यविनायक पलासेका २१ वर्षीय श्याम बयलकोटी गम्भीर घाइते भएका छन्। रातको पौने २ बजे सो दुर्घटना भएको हो।
घाइते बयलकोटीको मध्यपुर अस्पतालमा उपचार भइरहेको छ। प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार चालकले मदिरा पिएर मोटरसाइकल चलाएको खुल्न आएको छ।