PahiloPost

Sep 18, 2026 | २ असोज २०८३

नेपाली महिला क्रिकेट टिम आज आयोजक हङकङको सामना गर्दै



पहिलोपोस्ट

नेपाली महिला क्रिकेट टिम आज आयोजक हङकङको सामना गर्दै

काठमाडौं : आइसिसी महिला विश्वकप क्रिकेट अन्तर्गतको एसियाली छनोट खेलमा नेपाली राष्ट्रिय महिला क्रिकेट टिमले आज आयोजक हङकङको सामना गर्दैछ।
 
हङकङको कोलुनस्थित कोलन क्रिकेट मैदानमा नेपाली समय अनुसार दिउँसो पौने १२ बजे खेल सुरु हुँदैछ। छनोट खेलको पहिलो खेलमा नेपाल हङकङसँग ६ विकेटले पराजित भएको थियो। हङकङ अंक तालिकाअनुसार शीर्ष स्थानमा छ। नेपाल भने २ अंक जोड्दै तालिकाको तेस्रो स्थानमा रहेको छ।
 
हङकङ र थाइल्याण्डसँग पराजित नेपालले चीनलाई भने २० रनले पराजित गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell