PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

बिहेको ८ महिनामा सुधाले गरिन आत्मदाह, पतिमाथि शंका



राधेश्याम पटेल

बिहेको ८ महिनामा सुधाले गरिन आत्मदाह, पतिमाथि शंका

वीरगन्ज : बारा, रघुनाथपुर–३ का मनोहर पाण्डेकी पत्नी सुधा पाण्डेको रहस्यमय मृत्यु भएको छ। आगोले जलेर गम्भीर घाइते भएकी सुधाको उपचारको लागि काठमाडौं लैजाँदै गर्दा धादिङको नौविसेमा उनको मृत्यु भएको बारा प्रहरीले जनाएको छ। घरायसी विवादका कारण सुधाले आक्रोशमा मट्टितेल छर्केर आगो लगाई जलेको परिवारजनले प्रहरीलाई बताएका छन्।तर छिमेकीहरुको अनुसार सुधाका पति मनोहरले नै घरमा झगडा हुँदा हत्या गरेको बताएका छन्।

गएराति आगोले जलेपछि सुधालाई कलैया र वीरगन्जमा उपचारका लागि ल्याइएको थियो। यहाँका अस्पतालमा उपचार सम्भाव नभएपछि उनलाई काठमाडौं पठाइएको थियो। काठमाडौं लैजाने क्रममा बिहीबार बिहान पौने ६ बजे सुधाको मृत्यु भएको प्रहरीले जनाएको छ। जीउमा मट्टीतेल छर्केर आगो लगाइ आत्म हत्या गरेको बाराका प्रहरी नायव उपरीक्षक राजेन्द्र बाबु रेग्मीले बताए। पर्सा बहुअर्वाभाठामा माइती घर भएकी सुधाको आठ महिना पहिले मनोहरसँग विहे भएको थियो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell