
निल नितिन मुकेसले मुम्बइकी रुकमिनी सहायसँग दसैंको मौकामा इन्गेजमेन्ट गरेका छन्। मुकेसको परिवारको समेत दिल जितिसकेकी बेहुली रुकमिनी नितिनको पत्नी बन्दैछिन्। विख्यात गायक मुकेसका नाति निहिल नितिन बलिउडमा करिअर बनाएर फिल्महरुमा सक्रिय छन्।
परिवार र नजिकका साथीहरुबीचमात्र उनीहरुको इन्गेजमेन्ट भएको थियो। यसको व्यवस्थापन गरेका थिए निलका बाबुआमाले। अमिताव बच्चनको फिल्म वाजिरमा नितिन पछिल्लो पटक देखिएका थिए।