
करन जौहरको फिल्म ए दिल है मुसकिल रिलिजपूर्व चर्चामा ह्वात्तै आयो। तिहारमा रिलिज गर्ने तयारी भइरहेको फिल्ममा चर्चाको कारण थियो ऐश्वर्य राय वच्चन र रणबीर कपुरबीचको केमेस्ट्री। हलिउडमा सामान्य भए पनि बलिउडमा बढी उमेरकी हिरोइनसँग कम उमेरको हिरोको जोडी हत्तपत्त बाधिएको देखिन्न। तर यो फिल्ममा छ त्यस्तै।
समाचारमा आएअनुसार फिल्ममा तीन इन्टिमेट सिनहरुमाथि सेन्सरको कैची चलेको छ। ट्रेलरमा देखिएको एक सिनसहित तीन सिन काट्दै फिल्मले यू/ए रेटिङ पाएको छ। करनले फिल्ममा ती दृश्यको महत्वबारे प्रस्ट्याउन खोजे पनि सेन्सर रोक्न सकेनन्।
भारत र पाकिस्तानबीचको तनावले यो फिल्मको स्टोरीलाई नै परिवर्तन गराएको छ। स्क्रप्टमा नै परिवर्तन गराउन भूमिका खेल्यो भारतको उरीको सैनिक बेसमा भएको आतंकवादी हमला। फिल्ममा ऐश्वर्य र अनुस्का शर्मा दुवै पाकिस्तानी थिए। तर स्क्रिप्ट परिवर्तन गर्दै उनीहरुलाई लखनउबाट लन्डन पुगेका भारतीय मुस्लिम बनाइएको छ।