PahiloPost

Mar 10, 2025 | २६ फागुन २०८१

भारत जानुअघि चिनिया राष्ट्रपति पुगे कम्बोडिया, प्रचण्डसँग भेटे पनि नेपाल आउने छैन तयारी



पहिलोपोस्ट

भारत जानुअघि चिनिया राष्ट्रपति पुगे कम्बोडिया, प्रचण्डसँग भेटे पनि नेपाल आउने छैन तयारी

बेइजिङ : भारतको गोवामा आयोजना हुन लागेको ब्रिक्स शिखर सम्मेलनमा भाग लिन चिनियाँ राष्ट्रपति सि जिनपिङ्ग बिहीबार बिहान चीनबाट हिडेका छन्। राष्ट्रपति सि जिङ्गपिङ औपचारिक भ्रमणका लागि बिहीबार कम्बोडिया पुगेका छन्।
 
परम्परागत मित्रवत सम्वन्धलाई निरन्तरता दिँदै आपसी सहयोग अभिवृद्धिका लागि सदासयता देखाउन र दुई देशबीचको रणनीतिक सहकार्यका लागि उनले कम्बोडियाको औपचारिक भ्रमण गरेको बताइएको छ।
 
दक्षिणपूर्वी एसियामा सिको राष्ट्रपति भएयता यो नै पहिलो भ्रमण हो। उनले यसअघि उपराष्ट्रपतिको रुपमा सन् २००९ कम्बोडियाको भ्रमण गरेका थिए।
 
यसपछि उनी बङ्गलादेशको औपचारिक भ्रमण पनि गर्ने छन्। यसपटकको भ्रमणको सूचीमा नेपालको कुनै नाम छैन।
 
शिखर सम्मेलन स्थलतर्फ जाने बाटोमा पर्ने चीनका मित्र राष्ट्रप्रमुखहरुः कम्बोडियाका नरेश नरोडम सिंहामोनि र बङ्गलादेशका राष्ट्रपति अब्दुल हमिदले चिनियाँ राष्ट्रपतिलाई आ(आफ्नो मुलुक भ्रमण गर्न औपचारिक निमन्त्रणा गरेका थिए। नेपालले पनि उनलाई निम्ता गरेको थियो।
 
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणा भने पहिलेदेखि नै थियो। राष्ट्रपति जिन पिङ्गको भ्रमण दलमा चिनियाँ कम्युनिस्ट पार्टीका अन्य तीनजना उच्चस्तरिय नेताहरु प्नि संलग्न छन्।
 
ब्राजिल (बि), रुस (आर), भारत (आई), चीन (सि) र दक्षिण अफ्रिका (एस) यी पाँच राष्ट्रहरु मिलेर अन्तर्राष्ट्रिय सम्बन्ध र आपसी सहयोगमा अभिवृद्धि गर्ने उद्देश्य राखी सन् २००९ मा “ब्रिक्स राष्ट्र” को स्थापना भई शिखर सम्मेलनमा सबै ब्रिक्स सदस्यराष्ट्र प्रमुख वा सरकारप्रमुखहरुले भाग लिने सहमति भएको थियो।
 
यस वर्ष आठौं शिखर सम्मेलन १५ देखि १६ अक्टोबरः जम्मा दुई दिनसम्म आयोजना हुँदैछ र यस पटकको सम्मेलन भारतले आतिथ्य गर्दैछ। भारतले ब्रिक्स राष्ट्रको फेब्रुअरीदेखि डिसेम्बर २०१६ सम्मको अध्यक्षता ग्रहण गरिरहेको छ।
 
वर्तमान ब्रिक्स सदस्य राष्ट्रप्रमुखहरु ब्राजिलका राष्ट्रपति माइकल टेमर, रुसका राष्ट्रपति भ्लादिमिर पुटिन, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, चीनका राष्ट्रपति सि जिन पिङग, र दक्षिण अफ्रिकाका राष्ट्रपति ज्याकोब जुमा यस आठौं शिखर सम्मेलनमा मूल सहभागी हुनेछन्।
 
आठौं सम्मेलन भारतले आयोजना गर्ने र सम्मेलनस्थल चाहिं गोवा हुने भनी सन् २०१५ को जुलाईमा सम्पन्न ब्रिक्स राष्ट्रप्रमुखहरुको शिखर सम्मेलनले निश्चित गरेको थियो।

ब्रिक्स सदस्यराष्ट्रहरुले राष्ट्रिय बिकासका बिभिन्न गतिबिधिहरुः चलचित्र, खाद्य तथा कृषि, वन तथा वातावरण, शिक्षा तथा संस्कृति, वाणिज्य तथा ब्यापार जस्ता क्षेत्रहरुमा बिगत सात वर्षदेखि आपसी सद्भावनाका हात अघि बढाएका छन् । 

यस पटकको शिखर सम्मेलनमा आयोजकराष्ट्र भारतले बिम्स्टेक राष्ट्रहरु मध्ये नेपालका प्रधानमन्त्री पुष्पकमल दहाल, बङ्गलादेशकी राष्ट्रपति शेख हसिना, भुटानका नरेश छिरिङग तोब्गे, म्यानमारकी राष्ट्रपति आङग सान सुकी, श्रीलङ्काका राष्ट्रपति मैत्रिपाला सिरिसेना र थाइल्याण्डका प्रधानमन्त्री प्रायुथ चान ओचा एवं गैह्र बिम्स्टेकका अन्य मित्रराष्ट्रप्रमुखहरुः अफगानिस्तानका  राष्ट्रपति असरफ घानी र मादिभ्सका राष्ट्रपति अब्दुल्लाह यमिनलाई पनि निमन्त्रणा गरेको र उनीहरु सबै जना सम्मेलनमा भाग लिन जानेछन्।
 
यस शिखर सम्मेलनमा दोश्रो सत्र पनि आयोजना हुने र दोश्रो सत्रमा भने ब्रिक्स र बिम्स्टेक दुबै सदस्यराष्ट्रबीच क्षेत्रिय सहयोगमा सहजिकरण होस् भन्ने उद्देश्य राखी संयुक्त शिखर सम्मेलन पनि सञ्चालन गरिने जनाइएको छ । रासस/सिन्ह्वा



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell