
वीरगन्ज : पछिल्लो समयमा निकै नै खतरनाक रोगको रुपमा देखा परेको स्क्रब टाइपसका ४ नयाँ विरामीहरु वीरगन्जमा फेरि फेला परेका छन्। वीरगन्जस्थित नेसनल मेडिकल कलेज शिक्षण अस्पतालमा उनीहरुको उपचार भइरहेको छ। उपचारार्थ भर्ना भएकामा पर्साका २, बारा र रौतहटका १/१ बिरामी रहेको अस्पतालका बाल रोग विभागका चिकित्सक डा अतिन्द्र मिश्रले जनाएका छन्।
४ जना मध्ये तीन जनाको आइसियु र एक जनाको जेनरल वार्डमा भर्ना गरी उपचार भइरहेको छ। यी समेत गरी असार यता यस अस्पतालमा मात्रै स्क्रब टाइपसका २९ बिरामी भर्ना भइसकेको छन्। २९ मध्ये २ बालिग र सबै नाबालक हुन्। तीमध्ये दुई जनाको मृत्यु भइसकेको छ।