PahiloPost

Sep 18, 2026 | २ असोज २०८३

गीतकार बब डिलनलाई साहित्यतर्फको नोबेल पुरस्कार



पहिलोपोस्ट

गीतकार बब डिलनलाई साहित्यतर्फको नोबेल पुरस्कार

यस वर्षको साहित्यतर्फको नोबेल पुरस्कार अमेरिकी गीतकार बब डिलनले पाएका छन्। अमेरिकी गीती क्षेत्रमा काव्यिक योगदान पुर्‍याएवापत नोबल कमिटीले उनलाई यस वर्षको नोबेल पुरस्कार दिने घोषणा गरेको हो।

सन् १९४१ मा जन्मिएका उनी गायक, गीतकार, लेखक र कलाकारसमेत हुन्। पाँच दशकदेखि उनी पपुलर म्युजिक र संस्कृतिको क्षेत्रमा सक्रिय रहँदै आएका छन्। सन् १९६० को अमेरिकी समाजको आन्दोलनदेखि उनका गीतहरु चर्चित रहँदै आएका छन्।

कतिपय पत्रकारले त उनलाई उनको पुस्ताको प्रवक्ताका रुपमा समेत व्याख्या गरेका छन्। ‘ब्लोइन इन दी वाइन्ड ‘ र दी टाइम्स दे आर अ चेन्जिङ’ जस्ता गीतहरु अमेरिकी नागरिक अधिकारका क्षेत्र र युद्धविरोधी अभियानका आवाजका रुपमा स्थापित छ। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell