PahiloPost

Dec 27, 2024 | १२ पुष २०८१

राजधानीबासीको दशैं गन्तव्य बन्यो चन्द्रागिरी

राजधानीबासीको दशैं गन्तव्य बन्यो चन्द्रागिरी

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौँ : दशैंको अवसरमा काठमाडौँबाट ठूलो जनसंख्या बाहिरियो। जो यहाँ रहे उनीहरु पनि कोठा या घरमै बसेर दिन काटेनन्।
यसपाली राजधानीबासीका लागि दशैं गन्तव्य बन्यो नजिकैको चन्द्रागिरी। पूरा उपत्यका देखिने एवं भालेश्वर महादेवको मन्दिर भएकाले मानिसहरुको रुचीको ठाउँ बन्यो यो।

हाइकिङ गर्दै चढ्ने एकाध तन्नेरी समुह पुग्ने चन्द्रागिरीमा यसपाली बृद्ध बृद्धा देखि बालवालिका सम्मकै घुइँचो लाग्यो।
केवुलकार सेवा यसको प्रमुख कारण बन्यो। घटस्थापना लागेपछिका हरेक दिन चन्द्रागिरी जानेको भिड लागेको थियो। त्यसमा पनि बिदा सुरु भएपछि फुलपाति देखि विषेश घुइँचो लाग्यो।

हरेक दिन चार हजार देखि पाँच हजार यात्रु केवुल कार मार्फत चन्द्रागिरी चढेको फनपार्क प्रालिकी डेन्टिनेसन अफिसर रुपा क्षेत्रीले जानकारी दिइन्। सबै भन्दा धेरै एकादशीको दिन छ हजार चार सय यात्रु केवुलकार चढेका थिए।

कम्पनीले बिहान आठ बजे देखिनै केवुलकार खुला गर्दै आएको छ। माथि चढाउने पाँच बजे पछि बन्द गरेपनि सबै यात्रु फिर्ता नहुन्जेल केवुलकार चालु राख्ने क्षेत्रीले जानकारी दिइन्। 'सबै यात्रुलाई सकुशल तल ल्याउँदा राति ९ बजे सम्म पनि लाग्ने गरेको छ,' उनले भनिन्।

सात सय रुपैयाँ शुल्क तोकेको केवुलकारमा स्थानीय, बृद्ध/बृद्धा,  अपाङ्गता भएका ब्यक्ति एवं बालबालिकालाई  छुट दिने गरेको छ। बृद्ध, विद्यार्थी र स्थानीयलाई २५ प्रतिशत, अपाङ्गता हुनेलाई ५० प्रतिशत र बालबालिकालाई ४० प्रतिशत छुट दिने गरेको हो।


ट्रेन्डिङ पोस्ट

Ncell