PahiloPost

Mar 14, 2026 | ३० फागुन २०८२

राजधानीमा तीन शव फेला परे, एकको पहिचान खुल्यो



पहिलोपोस्ट

काठमाडौं : राजधानीका विभिन्न स्थानमा तीन वटा शव फेला परेका छन्।
 
फेला परेका शवमध्ये एकको पहिचान भए पनि दुईको पहिचान हुन नसकेको प्रहरीले जनाएको छ। गोकर्णेशवर नगरपालिका-१२ जोरपाटीमा बस्ने ६० वर्षीय फुरग्यान्जेन शेर्पाको भने सनाखत भएको हो। शेर्पा आफ्नै कोठामा सुतेको अवस्थामा मृत फेला परेका थिए।
 
त्यस्तै टेकुमा भेटिएको शवको पहिचान हुन सकेको छैन। मृतक पुरुष हुन्। बानेश्वर क्याम्पसअगाडि रोकिराखेको बा १ ज ६५२२ नम्बरको बसभित्र अर्का पुरुषको शव पनि फेला परेको छ। उनको पनि पहिचान हुन नसकेको बानेश्वर प्रहरी वृत्तले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell