PahiloPost

Mar 11, 2025 | २७ फागुन २०८१

दुई ठाउँमा आगलागीका घटना, २१ लाख मूल्य बराबरको क्षति



पहिलोपोस्ट

दुई ठाउँमा आगलागीका घटना, २१ लाख मूल्य बराबरको क्षति

काठमाडौं : ललितपुर उपमहानगरपालिका–५ कुमारीपाटीस्थित युएफओ मिनीमार्केटको मेगास्टारमा आज विद्युत् चुहिई आगलागी हुँदा उक्त मार्केटको कपडा पसल पूर्ण रुपमा जलेर नष्ट भएको छ।
 
आगलागीमा करिब रु १५ लाख बराबरको धनमाल नष्ट भएको प्रहरीले जनाएको छ।

यसैगरी बैतडीको भौनेली गाविसमा रहेको धरमघर बजारमा आगलागी हुँदा रु ६ लाख बराबर क्षति भएको छ। जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार भौनेली–८ धरमघर बजारमा रहेको केशवदत्त भट्टको मेडिकल र शृङ्गार पसलमा आगलागी भएको हो।
 
पसल बन्द रहेका बेला भएको आगलागी कसरी भयो भनेर थाहा हुन नसकेको बैतडीका प्रहरी नायब उपरीक्षक बालनरसिंह राणाले राससलाई जानकारी दिए।
 
दशरथचन्द नगरपालिकाको बारुणयन्त्र, प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा आगो नियन्त्रणमा आएको थियो। आगलागीबाट मेडिकल र शृङ्गार पसल पूर्णरुपमा जलेर नष्ट भएको बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell