PahiloPost

Sep 18, 2026 | २ असोज २०८३

राष्ट्रसङ्घको नयाँ महासचिवमा एन्टेनियो गुटेर्रेस नियुक्त



पहिलोपोस्ट

राष्ट्रसङ्घको नयाँ महासचिवमा एन्टेनियो गुटेर्रेस नियुक्त

अमेरिका : संयुक्त राष्ट्रसङ्घको महासभाले पोर्चुगली नागरिक एन्टेनियो गुटेर्रेसलाई औपचारिक रुपमा राष्ट्रसङ्घको महासचिवमा नियुक्त गरेको छ।
 
वर्तमान महासचिव बान कि मुनको उत्तराधिकारीका रुपमा पोर्चुगलका पूर्व प्रधानमन्त्रीसमेत रहेका गुटेर्रेसले आगामी सन् २०१७ को जनवरी १ देखि नेतृत्व सम्हाल्नेछन्।
 
महासभामा बिहीबार सम्मिलित १९३ राष्ट्रले गुटेर्रेसलाई महासचिवमा समर्थन गर्दै नियुक्त गर्ने प्रस्ताव पारित गरेपछि उनी राष्ट्रसङ्घको महासचिवमा औपचारिक रुपमा छानिएका हुन्।
 
गुटेर्रेसले राष्ट्रसङ्घको मानवअधिकार तथा राष्ट्रसङ्घीय प्रणाली सुधार कार्यमा उल्लेखनीय कार्य गरेका छन्।रासस/एएफपी



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell