PahiloPost

Jul 27, 2026 | ११ साउन २०८३

छोरालाई हजारको नोट दिएर बजार पठाउँदा बाबु पक्राउ, जाजरकोटमा छापियो नक्कली नोट



पहिलोपोस्ट

छोरालाई हजारको नोट दिएर बजार पठाउँदा बाबु पक्राउ, जाजरकोटमा छापियो नक्कली नोट

जाजरकोट : नक्कली नोट छाप्ने काममा संलग्न रुकुमका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। रुकुम झुला–६ का १९ वर्षीय डिभाइड भनिने खीमबहादुर देवकोटा र सदरमुकाम मुसिकोट खलङ्गाको पातुखोलामा होटेल सञ्चालन गर्दै आएका गोतामकोट–९ का ३४ वर्षीय जुनबहादुर बोहोरालाई गएराति प्रहरीले पक्राउ गरेको हो।
 
बोहोरालाई मुसिकोटबाटै पक्राउ गरिएको हो भने देवकोटालाई मग्मामा लुकेर बसिरहेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। बोहोराका छोराले एक हजारको नोट लिएर बजारमा सामान किन्न आएका बेला उक्त नोट नक्कली भएको शङ्काका आधारमा पसलेले प्रहरीलाई खबर गरेका थिए।
 
छोराले दिएको जानकारीअनुसार पैसा छाप्ने मेसिन, एक हजारको नक्कली नोटसहित बोहोरालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक अङ्गुर जिसीले जानकारी दिए।रासस
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell