PahiloPost

Mar 10, 2025 | २६ फागुन २०८१

अमेरिकामा उपचाररत पूर्वराष्ट्रपतिले टीका लगाइदिएपछि छोरी अनिता यसरी भावुक बनिन्



पहिलोपोस्ट

अमेरिकामा उपचाररत पूर्वराष्ट्रपतिले टीका लगाइदिएपछि छोरी अनिता यसरी भावुक बनिन्

काठमाडौं : पूर्वराष्ट्रपति रामवरण यादव अहिले अमेरिकाको डेट्रोइटस्थित हेनरी फोर्ड अस्पतालमा छन्। घटस्थापनाको भोलिपल्ट (अक्टोबर २) उनको शल्यक्रिया भयो। छोरी अनिता उनकै साथमा रहे पनि यसपालिको दसैं यादवले पोहोरझैं मनाउन पाएनन्। गतवर्ष उनी राष्ट्रपतिको हैसियतमा थिए।
 
छोरी अनिता हाल बुबाको उपचारका लागि अमेरिकामै छिन्। पूर्वराष्ट्रपति यादवले यसपालिको दसैंमा अनितालाई नै टीका लगाइदिए र आशीर्वाद दिए।
 
आमाको निधनपछि बुवाकै अभिभावकत्वमा रहेकी अनिताले भरखरै फेसबुकमा एउटा स्टाटस पोस्ट गरिन्। जसमा लेखिएको छ-

'आमाको निधनपछि हजुरले मलाई आमाको कहिले पनि कमी हुन दिनुभएन। अटुट प्रेमको कारण नै म आज एउटा असल महिला बनेको छु। हरेक जुनीमा म हजुरकै छोरी भएर जन्मन पाऊँ।'
 
क्यान्सरबाट पीडित यादव अब क्यान्सरमुक्त त भएका छन्। तर, दसैंको दिन सात समुद्रपारि बिरामी बुबाको हातबाट टीका लगाउँदा कुन सन्तानको मन अमिलो नबन्ला र! अनिताले भावुक भएर थप लेखेकी छिन्-
'कितना निर्मल स्नेह है उनका, कितनी निश्छल उसकी छाया, ये उनके ही संस्कार हैं जो मेरा व्यक्तित्व निखर पाया।'

आफू सधैं बुबाकै साथमा रहने भन्दै उनले फोटोसहित यसरी पोस्ट गरिन्-
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell