PahiloPost

Apr 28, 2024 | १६ बैशाख २०८१

दसैं मनाएर फर्किनेहरुले काठमाडौंमा चाप बढाउँदै



सविन ढकाल

काठमाडौं : दसैं मनाउनका लागि उपत्यका छोडेर घर गएकाहरु फर्कन थालेका छन्। फूलपातीदेखि सुनसान बनेको राजधानीमा चहलपहल बढ्न थालेको छ।

उपत्यकाका नागढुंगा, बल्खु, साँखु, अरनिको राजमार्ग, बिपी राजमार्ग, पासाङल्हामु मार्ग र टोखा मार्गबाट यात्रुहरु विभिन्न ठाउँमा दसैं मनाउन गएका थिए। यो दसैंमा करिब २२ लाख यात्रुले राजधानी बाहिरिएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले जनाएको छ।

विजयादशमीको भोलिपल्टदेखि नै मानिसहरु राजधानी फर्किने क्रम सुरु भएको हो। उनीहरु भित्रिएसँगै सुनासनप्राय: बनेको राजधानीका सडकमा चाप बढेको छ।

आजदेखि नै कतिपय निजी तथा सरकारी कार्यालयहरु खुलेकाले भिडभाड बढेको हो। अहिले उपत्यका भित्रिने मुख्य नाकाहरुबाट ८ हजार सवारीसाधन भित्रिइरहेका छन्। यो संख्या सामान्य समयको भन्दा झन्डै दोब्बर भएको महानगरीय ट्राफिक प्रहरीले जानकारी दिएको छ।

यस्तै आज पनि टीका लगाउन मान्यजनकहाँ जाने क्रम देखिन्छ। यसले गर्दा पनि राजधानीमा सार्वजनकि सवारीसाधन हिजोको तुलनामा बढी चलेका छन्। टीका लगाउने क्रम भने कोजाग्रत पूर्णिमासम्म नै रहन्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell