PahiloPost

Mar 10, 2025 | २६ फागुन २०८१

​माओवादी केन्द्रको राष्ट्रिय भेला फेरि सर्‍यो



पहिलोपोस्ट

​माओवादी केन्द्रको राष्ट्रिय भेला फेरि सर्‍यो

काठमाडौं : नेकपा माओवादी केन्द्रको बैठकले कार्तिक १० र ११ गते गर्ने भनेको पार्टीको राष्ट्रिय भेला मंसिर २ गते सार्ने निर्णय गरेको छ।

शुक्रबार पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको कार्यालयको बैठकले राष्ट्रिय भेला मंसिर २ मा सार्ने निर्णय गरेको हो।

बैठकबारे जानकारी दिँदै माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालले भनिन्, ‘मधेशी, थारु, जनजाति लगायतका शक्तिहरुसँग छलफल र बार्ता गर्नुपर्ने कामको चापलाई मध्यनजर गरी कार्तिक १० र ११ गते गर्ने भनिएको पार्टीको राष्ट्रिय भेला मंसिर २ गते गर्ने निर्णय बैठकले गरेको छ।’

बैठकमा अध्यक्ष प्रचण्डले शनिबारबाट हुने गोवा भ्रमणबारे नेताहरुलाई ब्रिफिङ गरेका थिए। प्रधानमन्त्रीले बैठकमा चीनका राष्ट्रपति, श्रीलङ्काका प्रधानमन्त्री र भारतका प्रधानमन्त्रीसँग भेटको कार्यक्रम रहेको जानकारी दिँदै रुसका राष्ट्रपतिसँग भेटको सम्भावना रहेको जानकारी दिए।

फोटो : प्रचण्ड सचिवालय



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell