PahiloPost

Jun 14, 2026 | ३१ जेठ २०८३

फेसबुकले थप्यो स्ट्रिम भिडियोमा 'एप्पल टिभी' र 'क्रोमकास्ट'



पहिलोपोस्ट

फेसबुकले थप्यो स्ट्रिम भिडियोमा 'एप्पल टिभी' र 'क्रोमकास्ट'

काठमाडौं : फेसबुकले लाईभ स्ट्रिम भिडियोमा एप्पलको अनलाईन टिभी सर्भिस 'एप्पल टिभी' र गुगल क्रोमको 'क्रोमकास्ट' थप गरेको छ।
 
फेसबुक प्रयोगकर्ताले अझ धेरै समय फेसवुक हेर्न सकुन र स्थापित टेक कम्पनीहरुसँग अझ धेरै सहकार्य तथा प्रयोगकर्तालाई फेसबुकमा आएपछि अरु सोसियल साइटमा जान नपरोस भनेर यो सुविधा थप गरिएको जनाइएको छ।
  
तपाई स्मार्टफोन प्रयोग गर्नुहुन्छ भने यो सुविधा प्रयोग गर्नका लागि फेसबुक खोलेपछि टप कर्नरको दाहिने भागमा रहेको टिभीको संकेतलाई थिच्नुपर्दछ। त्यसपछि तपाई कुन भिडियो स्ट्रिम खोल्न चाहनुहुन्छ त्यसलाई सेलेक्ट गरेर प्रयोग गर्न सकिन्छ।
 
तत्काल एप्पलका डिभाइसहरुमा मात्र उपलब्ध यो सेवा केहि समयपछि एन्ड्रोइड अपरेटिङ सिस्टम भएका डिभाइसमा पनि आउने कम्पनीले जनाएको छ।

फेसबुकका प्रोडक्ट डाइरेक्टर ब्रेन्ट ऐरेले फेसबुकका प्रयोगकर्ताले अब लाईभ स्ट्रिम हेर्न अरु ब्राउजर वा साइटमा जान नपर्ने तरिकाले डिजाइन गरिएको जनाएको छ।
 
प्रयोगकर्ताले उक्त भिडियोमा तत्काल प्रतिक्रिया जनाउन वा कमेन्ट गर्न सक्ने सुविधा दिइने जनाइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell