PahiloPost

Apr 30, 2025 | १७ बैशाख २०८२

भारतीय राष्ट्रपति मुखर्जीको भ्रमण भव्य बनाउन सरकारी तयारी



पहिलोपोस्ट

काठमाडौँ : भारतीय राष्ट्रपति प्रणव मुखर्जीको नेपाल भ्रमणलाई सफल बनाउनका लागि विभिन्न मन्त्रालयलाई जिम्मेवारी दिइने भएको छ।
     
परराष्ट्र मन्त्रालयमा परराष्ट्रमन्त्री डा प्रकाशशरण महतको संयोजकत्वमा आज बसेको बैठकले राम्रो सुरक्षा व्यवस्थाका लागि गृह, प्रभावकारी सञ्चारका लागि सूचना तथा सञ्चार र  सरसफाइका लागि सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय लगायतलाई जिम्मेवारी दिएको छ।
     
भारतीय राष्ट्रपति मुखर्जी आगामी कात्तिक १७ देखि १९ गतेसम्म नेपाल भ्रमणमा आउने कार्यक्रम तय भएको छ। सो भ्रमण भव्य, सभ्य र व्यवस्थित गर्नका लागि आजको बैठक बोलाइएको बताइएको छ। भारतीय राष्ट्रपति मुखर्जी काठमाडौँ, पोखरा र जनकपुर जाने कार्यक्रम समेत तय भइसकेको छ। बैठकमा विभिन्न मन्त्रालयका सचिव, सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिको सहभागिता थियो। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell