PahiloPost

Jul 27, 2026 | ११ साउन २०८३

दक्षिण कोरियाबाट फर्किए सञ्चारमन्त्री कार्की



पहिलोपोस्ट

काठमाडौँ : सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्की दक्षिण कोरियास्थित सोलमा भएको सूचना प्रविधिसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिइ आज स्वदेश फर्केका छन्।

सम्मेलन यही असोज २४ गतेदेखि २८ गतेसम्म भएको थियो ।
    
मन्त्री कार्कीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा नेपालले सूचना प्रविधिको विकासमा प्रयास गरिरहेको बताए।
 
देशका धेरै स्थानमा सूचना प्रविधिको पहुँच पुर्‍याउन सफल भए पनि गुणस्तर सुधार हुन नसकेको हुँदा त्यसको सुधार गर्नुपर्ने उनले बताए।
 
मन्त्री कार्कीले नेपालमा भूउपग्रह (सेटेलाइट) नभएका कारण धेरै पैसा विदेशमा पठाउनु परेको उल्लेख गर्दै नेपालमै भूउपग्रह बनाउन प्रयास गरिरहेको जानकारी दिए।
 
दक्षिण कोरियाले छोटो समयमा नै प्राकृतिक स्रोत र साधनको प्रयोग गरी सूचना प्रविधिका राम्रो विकास गरेको र डिजिटल कोरिया बनाउन सफल भएको हुँदा त्यसबाट नेपालले पनि सिक्नुपर्नेमा मन्त्री कार्कीको जोड थियो।
 
दक्षिण कोरियाले धेरैजसो सहर स्मार्ट भिलेज, स्मार्ट सिटी निर्माण गर्न सफल भएजस्तै नेपालमा पनि स्मार्ट सिटीको अवधारणा लिएर काम गर्न सकिने उनको भनाइ थियो।
 
सम्मेलनमा मन्त्री कार्कीले नेपालका सूचना प्रविधिका बारेमा भइरहेको प्रयासबारे सम्बोधन गरेका थिए।
 
 सम्मेलनमा एसिया, अफ्रिका, युरोपलगायत विभिन्न देशका मन्त्री, राज्यमन्त्री, विषय विज्ञको सहभागिता रहेको थियो। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell