PahiloPost

Jun 14, 2026 | ३१ जेठ २०८३

माइखोला डुंगा दुर्घटना : मृतकको संख्या ७ पुग्यो, बेपत्ताहरुको खोजी जारी



पहिलोपोस्ट

माइखोला डुंगा दुर्घटना : मृतकको संख्या ७ पुग्यो, बेपत्ताहरुको खोजी जारी

काठमाडौं : इलामको दक्षिणी गाविस दानाबारी र महमाईको बीचमा पर्ने माइखोलामा डुंगा दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ७ पुगेको छ।

थप एक महिला र एक पुरुषको शव आज बिहान झापाको शिवगञ्जमा फेला परेको हो। फेला परेका पुरुषमा झापा शनिअर्जुन नगरपालिकाका कृष्णकुमार घतानी छन्। महिलाको भने सनाखत भएको छैन। अन्य बेपत्ताहरुको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ।

शुक्रबार दिउँसो दानाबारीबाट महमाई जाँदै गर्दा लोदिया दोभनमा डुंगा दुर्घटना भएको थियो। बेलुकासम्ममा ५ जनाको शव फेला परेको थियो। मृतकहरुमा महमाई १ का ७५ वर्षीय जसबहादुर राई, ४५ वर्षीया डम्बरमाया मगर, महमाई २ की ३९ वर्षीया पवित्रा पौड्याल र मधुमल्लाकी ६ वर्षीया पुष्पा खड्काको मात्र पहिचान खुलेको छ।

हिजै ३४ जनाको उद्धार गरिएको थियो। दसैंको टीका लगाउन जाने-आउने तथा स्थानीय शुक्रबारे बजार भरेर फर्केका यात्रु चढेको डुंगा दुर्घटना भएको हो। डुंगामा करिब ५० जना यात्रु थिए। हराएका अरुको खोजीका लागि बिहानैदेखि नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीको संयुक्त टोलीसहित स्थानीयवासी जुटेका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell