PahiloPost

Mar 11, 2025 | २७ फागुन २०८१

जुवातास खेल्ने र खेलाउने २५ जना पक्राउ



पहिलोपोस्ट

काठमाडौं : दसैंमा विभिन्न ठाउँमा जुवातास खेल्ने र खेलाउनेलाई प्रहरीले पक्राउ गरेको छ।
 
महानगरीय प्रहरी परिसर ललितपुरबाट खटिएको टोलीले ललितपुरका विभिन्न स्थानबाट २५ जनालाई पक्राउ गरेको हो। प्रहरीले उनीहरुको साथबाट १ लाख १८ हजार ३ सय २० रुपैयाँ र ११ बुक तास समेत बरामद गरेको ललितपुर प्रहरीले जानकारी दिएको छ।
 
पक्राउ परेकाहरुलाई नियन्त्रणमा लिई आवश्यक कारबाही भइरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell