PahiloPost

Mar 11, 2025 | २७ फागुन २०८१

सुटिङमै नायिकाबीच झगडा, रिलिज डेट सर्नुमा यही भयो लफडा



पहिलोपोस्ट

सुटिङमै नायिकाबीच झगडा, रिलिज डेट सर्नुमा यही भयो लफडा

काठमाडौं : छायांकन सकिएको तीन वर्षपछि फिल्म 'द फेमस' बल्ल सार्वजनिक हुने भएको छ। सबै गीत एनिमेट गरिएको कारण प्रदर्शन ढिला भएको बताइएको फिल्म कात्तिक १९ गतेबाट देशभर प्रदर्शनमा आउन लागेको हो।
 
अहिले आएर निर्माण पक्षले भने फिल्म रिलिज ढिला हुनुको कारण अर्कै रहेको खुलाएको छ।
 
नायिकाद्वय सुरबी जैन विष्ट र सबिना कार्कीका कारण फिल्मको प्रि प्रोडक्शन प्रभावित भएको निर्माण पक्षको भनाइ छ।
 
उनीहरुबीच सुटिङका क्रममा झगडा भएपछि सुरबी भने बिनासूचना दुई महिना हराएकी थिइन्। सुटिङको आधा काम सकिएपछि हराएकी सुरबी सम्पर्कमा नआएपछि युनिटले परिवारसँग सम्पर्क गरेको थियो। परिवारले उनी भारत गएको जानकारी दियो।
 
'कन्ट्रयाक्ट सकिनु अगावै मुद्दाको जानकारी दिएपछि मात्रै उनी निर्माण पक्षसँग सम्पर्कमा आएकी थिइन्,' सञ्चारकर्मी एवं निर्देशक समिर बलामीले भने। सुरबी त्यसपछि केही समय सुटिङमा सहभागी भइन् र पुन: तीन महिना हराइन्।
 
'द फेमस'मा सुरबी र सबिनासँगै प्रमोद खड्का, सुमन थापा, सुरेश चौधरी, प्रभात बलामी, रश्मि भट्टको भूमिका छ।
 
टंक बुढाथोकी र सन्तोष प्रगादको संगीत रहेको फिल्मलाई अशोक कार्कीले खिचेका हुन्। बाबु बलामीको द्वन्द्व, सुधिर श्रेष्ठ र सुरेश चौधरीको नृत्य रहेको फिल्ममा निर्माता अनिल महर्जन पनि आबद्ध छन्।
 
बलामी फिल्मस इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको फिल्मको कथा र निर्माण पनि बलामीकै रहेको छ। काठमाडौंमा सुनिल मानन्धर र काठमाडौंबाहिर केदार पराजुलीले फिल्मको वितरण गर्ने भएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell