PahiloPost

Sep 18, 2026 | २ असोज २०८३

बलिउड हिरोइन कंगना रनावतको अमेरिकामा दुर्घटना



पहिलोपोस्ट

बलिउड हिरोइन कंगना रनावतको अमेरिकामा दुर्घटना

क्विन कि हिरोइन कंगना रनावत सडक दुर्घटनामा परेकी छिन्। हंसल मेहताको फिल्म सिमरनको सुटिङमा अमेरिका रहेकी उनी सडक दुर्घटनामा परेकी हुन्। उनलाई सामान्य चोट लागेको छ

लोकेसनबाट सुटिङ सकेर एटलान्टामा रहेको होटलमा फर्किँदा दुर्घटना भएको हो।

हाइवे ३८१ मा वायाँ लेनमा रहेको गाडी स्थानीय चालकको लापर्वाहीका कारण दुर्घटनामा परेको थियो। चालकले कमजोरी देखाएलगत्तै कंगनाका बडी गार्डले स्टेरिङ कन्ट्रोलमा लिन खोजेका थिए। त्यसपछि गाडी फलामे बारमा गएर ठोक्किएको थियो।

कसैलाई ठूलो चोट नलागे पनि कंगनालाई भने सामान्य चोट लागेको छ। दुर्घटनाका कारण भोलिपल्टको सुटिङसमेत प्रभावित भएन।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell