PahiloPost

Sep 18, 2026 | २ असोज २०८३

वनारसमा किचिएरै १९ को मृत्यु



पहिलोपोस्ट

वनारसमा किचिएरै १९ को मृत्यु

लखनउ : वनारासको राजघाट पुलमा भएको भागदौडमा परी कम्तिमा पनि १९ जनाको ज्यान गएको छ भने ५० भन्दा धेरै घाइते भएका छन्। शनिबार दिउँसव घटना भएको मिडियाले जनाएका छन्।

दुई दिने शिविरका लागि धार्मिक गुरु जय गुरुदेव गंगाको किनारको डोमरी गाउँमा जाँदै गर्दै भागदौड भएको प्रहरीले जनाएको छ। घाइतेमध्ये ५ को अवस्था गम्भीर रहेको बताइएको छ।

उत्तर प्रदेशका मुख्यमन्त्री अखिलेश यादवले मृतकका परिवारलाई २ लाख रुपैयाँ राहत र घाइतेलाई ५० हजार रुपैयाँ उपचार खर्च दिने घोषणा गरेका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell