PahiloPost

Mar 11, 2025 | २७ फागुन २०८१

प्रधानमन्त्री पुगे गोवा, आजैबाट महत्वपूर्ण भेटघाट सुरु



पहिलोपोस्ट

प्रधानमन्त्री पुगे गोवा, आजैबाट महत्वपूर्ण भेटघाट सुरु

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल भारत पर्यटकीय नगरी गोवा पुगेका छन्।

ब्रिक्स सम्मेलनमा सहभागी हुन नेपाल एयरलाइन्सको बिमानबाट दिल्ली पुगेका उनी त्यहाँबाट गोवा भने एयर इण्डियाको ए ३२० विमानबाट तय गरे।

गोवा विमानस्थलमा प्रधामन्त्रीलाई भारतीय विदेश राज्यमन्त्री एमजे अकोवर, नेपालका लागि भारतीय राजदूत रञ्जित रे, भारतका लागि नेपालका कार्यबाहक राजदूत कृष्णप्रसाद ढकाल लगायतले स्वागत गरेका थिए।

स्वागतमा भारतीय सुरक्षा फौजले प्रधानमन्त्रीलाई सम्मान गरेको थियो। आजै प्रधानमन्त्रीले भुटानका प्रधानमन्त्री ल्वोञ्चन टिसेरिङ, दक्षिण अफ्रिकाका राष्ट्रपति जेकोव जुमा र चीनियाँ राष्ट्रपति सिजिङ पिङसँग अलग अलग भेटबार्ता गर्ने कार्यक्रम छ।

प्रधानमन्त्रीको भ्रमण दलमा प्रधानमन्त्रीकी पत्नी सीता दाहाल, परराष्ट्रमन्त्री डा. प्रकाशशरण महत लगायतका व्यक्ति सहभागी छन्।
फोटो : प्रचण्डको सचिवालय



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell