हङकङ : पपुवा न्युगिनीमा आज ६.४ म्याग्निच्युडको भूकम्प गएको छ।
जिएमटी समय अनुसार शनिबार बिहान ८ बजेर ३ मिनेट जाँदा भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्थाले जनाएको छ। भूकम्पबाट भएको क्षतिको थप विवरण आउन बाँकी रहेको विभिन्न सञ्चार माध्यमहरुले जनाएका छन्। रासस/सिन्ह्वा