PahiloPost

Jun 14, 2026 | ३१ जेठ २०८३

चीनमा कार चढ्नेको संख्या २ करोड पुग्यो, थप ६२ लाखको निवेदन



पहिलोपोस्ट

चीनमा कार चढ्नेको संख्या २ करोड पुग्यो, थप ६२ लाखको निवेदन

बेइजिङ : सन् २०१६ को सेप्टेम्बरसम्म चीनमा कार चढ्नेको संख्या एक करोड ९० लाख पुगेको छ। चीनभर प्रयोगमा आएका इन्धन र इन्जिनबाट सञ्चालन दुई करोड ८० लाख यातायातका साधनमध्ये कारको सङ्ख्या त्यति पुगेको त्यहाँको सार्वजनिक सुरक्षा मन्त्रालयले एक विज्ञप्तिमार्फत जनाएको छ।

चीनमा बढ्दो आर्थिक अवसरका कारण कार चढ्ने हैसियत हुनेको संख्या निरन्तर उकालो लागेको हो। मन्त्रालयको ट्राफिक व्यवस्थापन विभागद्वारा जारी विज्ञप्तिअनुसार आर्थिक वर्षको तेस्रो चौमासिकमा थप ६१ लाख ८० हजार कार दर्ताका लागि आवेदन परेको छ। 
 
यस वर्ष दर्ताका लागि निवेदन सङ्ख्यामा २४.२ प्रतिशतले वृद्धि भएको जनाइएको छ। पछिल्लो समय मोटरबाट चल्ने सवारी साधनमा आएको वृद्धिले चीनको ट्राफिक समस्यामा चुनौती थपिनेमा समेत मन्त्रालयले चिन्ता व्यक्त गरेको छ।रासस/सिन्ह्वा 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell