
काठमाडौँ : नेकपा एमालेले दसैँ, तिहार लगायतका पर्वको अवसरमा शनिबार चियापान आयोजना गर्यो। पार्टी कार्यालय रहेको धुम्बाराहीको ठिक पारिपट्टी शंख पार्कमा आयोजना गरिएको चियापानमा एमालेका नेता तथा कार्यकर्ताको ठूलो संख्यामा उपस्थिति थियो। तीन घण्टा भन्दा लामो समय चलेको चियापानमा देखिएका दृश्य
भारतीय र चिनियाँ राजदूत खै?
चियापान समारोहमा एमालेले कुटनीतिक नियोगका प्रमुख र राजदुतहरुलाइ निम्तो दिएको थियो। तर भारतीय राजदुत रणजीत राय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमण भएकाले स्वेदेशमै छन्। चिनियाँ राजदुत उ चुन्ताइ नेपालको कार्यकाल समाप्त गरि फर्किसकेका छन्। जसका कारण दुवै देशका राजदुत उपस्थित भएनन् बरु प्रतिनिधि उपस्थित भए। अमेरिकी राजदुत एलाइना बि टेप्लिज भने चियापानमा पुगेकी थिइन्।सचिव योगेश भट्टराई मञ्चमै बसेनन्
नेकपा एमालेका नेताहरु मत्र्चमा बसेर चियापानमा आएका पाहुनालाइ नमस्कार फर्काउन व्यस्त थिए। पदाधिकारीहरु मत्र्च बसेर नमस्कार फर्काइरहँदा सचिव योगेश भट्टराई एकछिन पनि मत्र्चमा देखिएनन्। उनी चियापानमा सहभागि कार्यकर्ताहरुलाइ आफैँ भेट्दै नमस्कार गर्न व्यस्त भए।
भट्टराईसँग भलाकुसारी समेत गरेनन् ओलीले
चियापानमा निम्त्याइएका नयाँ शक्ति नेपालका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईसँग नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अन्तरक्रिया समेत गरेनन्। हात मिलाउने काम मात्र गरे। त्यस्तै महन्थ ठाकुरसँग पनि हात मिलाउने मात्र काम गरे। ठाकुरलाइ शंकर पोखरेलले भिआइपी टेन्टमा पुर्याएर चियापान गराए। कांग्रेस नेता रामचन्द्र पौडेल र नेकपा माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठसँग भने ओलीले अन्तरक्रिया समेत गरे।
श्रीमती राधिकाको साथ
ओलीलाइ मञ्चमा रहुन्जेल श्रीमती राधिका शाक्यले साथ दिइन्। उनले सबै पाहुनालाइ नसस्कार गरिन्। कलाकार दिपकराज गिरी र दिपाश्री निरौला आउँदा उनी उत्साहित बनिन्। एमाले अध्यक्ष ओलीलाइ उनले तातोपानी खान सघाइन्।देउवासँग जिस्किए ओली
कांग्रेस सभापति शेरबहादुर देउवासँग भने ओली केहिबेर जिस्किए। आफूलाइ सोधिएको प्रश्न समेत देउवालाइ जवाफ दिन भने। अनि कांग्रेसलाइ सुतेको बाघ भनेका ओलीले स्पष्टिकरणमा सानो तिनो के भन्नु भनेर बाघ भनेको टिप्पणी गरे। निर्वाचनको विषयमा समेत दुवैले एउटै जवाफ दिए। देउवाले हौसिएर निर्वाचन हुन्छ, हुन्छ, हुन्छ। गर्ने, गर्ने, गर्ने भन्दै जवाफ दिए।
समोसा, केरा र लड्डु
चियापानका निम्तालुलाइ एमालेले चिया सँगै समोसा केरा र लड्डुको व्यवस्था गरेको थियो। भिआइपीहरुका लागि छुट्टै र सर्वसाधारणलाइ छुट्टै चियापान गर्ने स्थान तोकिएको थियो। बाक्लो संख्यामा स्वयमसेवक परिचालन गरिएकाले चियापानका लागि लामो लाइन भने थिएन। अघिल्लो पटक दशरथ रंगशालामा आयोजित चियापानमा ठूलो संख्यामा कार्यकर्ता सहभागि थिए भने लाइन पनि ठुलै थियो।रुद्राक्षको माला
एमाले नेताहरुले मञ्चमा रहुन्जेल रुद्राक्षको माला लगाएका थिए। माला लगाइदिएका थिए पशुपती क्षेत्र विकास कोषका सदस्य सचिवले। खादा थपिँदै जाँदा नेताहरुले गलाबाट निकालेपनि रुद्राक्षको माला भने कार्यक्रम अवधिभर लगाइरहे।
फोटो : मनोज सत्याल