- राधेश्याम पटेल
अन्तराष्ट्रिय अपराधीहरुले नेपालबाट भारत प्रवेश गर्न सक्ने सम्भावनालाई दृष्टिगत गरी एसएसबीले मुख्य नाकाबाहेक सहायक नाकाहरूमा तीन दिन यता कडाई समेत गरेको छ।
भारतको गोवामा ब्रिक्स र बिमिस्टेक सम्मेलन जारी छ। जसलाइ मध्य नजर गर्दै भारतले आफ्नो सीमा नामामा कडाई गर्दै आएको छ।
सशस्त्र सीमा सुरक्षा बल ,पिपराकोठी मुख्यालयका प्रमुख सुरेन्द्र विक्रम सिंहले ६ अक्टोबरमा रक्सौल क्षेत्रबाट ५ जना अपराधीलाई पक्राउ गरी छानबिन गर्दा आश्चर्यजनक तथ्य बाहिर आएकोले सीमामा कडा निगरानी गरिएको बताए।
पक्राउ परेका अपराधीहरुले विहारको राजधानी पटनालगायत विभिन्न क्षेत्रमा ठूलो आपराधिक घटना घटाउन प्रवेश गरेको तथ्य सामुन्ने आएको उनले दावी गरे। लगत्तै एसएसबीले विहार क्षेत्रका नेपाल–भारत सहायक नाकाहरूमा डग स्क्वायडद्वारा कडा चेक जाँच गरिरहेको छ।
नियन्त्रणमा लिइएका पाँच जनामध्ये दुईजनाको अन्तर्रा्ष्ट्रिय आतङवादी संगठन ‘लस्कर–ए–तैयबा’ गिरोहसँग साठगाठ रहेको अनुसन्धानबाट देखिएको उनले बताए।
सो संगठनले स्लीपरसेलको रूपमा उनीहहरुलाई भारत पठाएको हुन सक्ने भारतीय जाँच एजेन्सी एनआईए लाइ उल्लेख गर्दै उनले भने। एसएसबीले उनीहरूबाट विभिन्न ठाउँको नक्सासमेत बरामद गरेको सिंहले उल्लेख गरे।

पक्राउ परेका पाँच जनालाई मोतीहारी थानामा राखेर अनुसन्धान भइरहेको एसएसबी पन्टोका बेसका हेड कन्सटेबल मनोशर सिंह राणाले जानकारी दिए। उनीहरुको पहिचान खुलाइएको छैन। हाल ,बारा ,पर्सा क्षेत्रका सहायक सीमा नाकामा एसएसबीको कडा निगरानी छ। एसएसबीले लागुऔषध तथा विस्फोटक पदार्थ पत्ता लगाउ सक्ने तालिम प्राप्त कुकुरलाई खटाएको जाँचमा प्रयोग गरेको छ।
नेपाल–भारत सहायक सीमा नाका श्रीसिया–पन्टोकामा एसएसबीले नाका वारिपारि गर्ने पैदल ,साइकल ,मोटरसाइकल यात्रुहरूलाईसमेत कडा चेकजाँच गरि रहेको छ। साथै आवतजावत र ठेला, टागा, जीप, कारलाई मुख्य नाकाबाट प्रवेश गर्न मात्र अनुमति दिइएको छ।
फोटो : राधेश्याम पटेल