PahiloPost

Mar 11, 2025 | २७ फागुन २०८१

​विराटनगर जुटमिल २५ महिनादेखि बन्द



पहिलोपोस्ट

पथरी : विराटनगर जुट मिलमा विद्युत् आपूर्तिको व्यवस्था प्रभावकारी नहुँदा विगत २५ महिनादेखि बन्द अवस्थामा छ । 

देशकै पहिलो जुट मिलमा ११ केभिएको लाइनको मात्र सुविधा भएकाले मिल चल्न नसकेको हो।

विल्सन इन्टरनेसनलका नेपाल प्रतिनिधि श्याम पौडेलका अनुसार लामो समयदेखि बन्द हुँदै फेरि चल्दै आएको विराटनगर जुट मिल साढे तीन वर्षअघि (भारतीय कम्पनी विल्सन इन्टरनेसनलले वार्षिक रु एक करोड ३५ लाख सरकारलाई दिनेगरी २५ वर्षका लागि भाडामा लिएको थियो । 

सो कम्पनीले ३३ केभिएको डेडिकेटेड लाइन जडान गरिदिन सञ्चालक समितिलाई आग्रह गर्दा जडान नगरिदिएपछि मिल बन्द छ। 

मिल सञ्चालक समिति र कम्पनीबीचको सम्झौतापत्रमा सञ्चालक समितिले ३३ केभिएको डेडिकेटेड लाइन जडान गरिदिने प्रष्ट रूपमा उल्लेख छ । तर बन्द भएको २५ महिना बितिसक्दासमेत लाइन जडान हुन सकेको छैन।
 
मिल सञ्चालक समितिका अध्यक्ष नीलहरि काफ्लेले विद्युतको समस्याका कारण मिल बन्द नभएको बताए। यद्पी उनले भने– 'मिल जसरी भए पनि चलाएरै छाड्छौँ ।'

मिलको स्थापना विसं १९९३ मा भएको हो । रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell