PahiloPost

Sep 18, 2026 | २ असोज २०८३

​इन्डोनेसियाका राजाबाट नेपालका निराजनलाई सम्मान



पहिलोपोस्ट

​इन्डोनेसियाका राजाबाट नेपालका निराजनलाई सम्मान

काठमाडौँ : मोडल तथा निर्माता निराजन सिंह ‘डाटो श्री’ सम्मानद्वारा सम्मानित भएका छन्। अभिनय, समाज सेवा र व्यसाय मार्फत् समाज र राष्ट्रलाई पुर्याएको योगदानको कदर स्वरुप इन्डोनेसियाका राजा कुटाई मुलावार्मानले निराजनलाई सो सम्मान प्रदान गरेका हुन्। ब्रुनाइ,मलेसिया, सिङ्गापुरलगायत एसियाका अधिकांश देशमा यो सम्मान महत्वपूर्ण मानिन्छ।

देशमा उत्कृष्ट २५ युवा मध्यबाट छानिएका निराजनले सम्मानले आफुलाई थप जिम्मेवारी र लगनशील बनाएको बताए। 

ललितपुर–९ गच्छेंका  निराजनले केही समयअघि मलेसियाको क्वालालम्पुरमा एइइएफ नामक मल्टिनेसनल व्यापार संघ (एसियन एक्सिलेन्स इन्टरप्रेनियर फेडरेसन)द्वारा आयोजित प्रेस्टिजियस ब्रान्ड अवार्डमा उनले ‘युवा इन्टरप्रेनियर अर्वाड’ हात पारेका थिए। ‘जीवन एक दौड’, ‘द लोस्त सोउल’ नामक दुई सर्ट चलचित्र बनाएका निराजनले आधा दर्जन बढी म्युजिक भिडियो अभिनय गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell