PahiloPost

Mar 11, 2025 | २७ फागुन २०८१

दशैंमा घर जाँदा सांसद यादवको डेरामा चोरी



पहिलोपोस्ट

दशैंमा घर जाँदा सांसद यादवको डेरामा चोरी

काठमाडौं : दशैंका बेला राजधानीमा हुने चोरी तथा आपराधिक गतिविधि नियन्त्रण गर्न महानगरीय प्रहरी परिसर काठमाडौले विशेष सुरक्षा योजना ल्यायो। प्रहरीले करिब ४ हजार प्रहरी परिचाल पनि गर्‍यो। विशेष ठाउँमा सीसी क्यामरदेखि तालिम प्राप्त कुकुर समेत परिचाल गर्‍यो। तर, राजधानीमा हुने चोरीका घटनामा थोरै कमी आए पनि रोकिएन।

यस्तै चोरको सिकारमा परे नेपाली काग्रेसका सांसद रामकृष्ण यादव। काठमाडौंको मीनभवनमा डेरा लिएर बस्दै आएका यादव दशैं मनाउन फूलपातीको अघिल्लो दिन नै गृह जिल्ला धनुषा तिर लागे। उनीसँगै परिवार पूरै धनुषा गएकाले डेराको सुरक्षा गर्ने ताल्चामात्र रह्यो।

खाली डेरामा चोरको आँखा लाग्यो। जब उनी दशैं मनाएर डेरा फर्किए उनलाई दशैंको नमीठो दशा थपिए झै भयो। डेरा पुग्दा कोठाको ताल्चा फोरिएको थियो। भित्र कोठमा दराजको अवस्था लथालिङ्ग थियो। सांसद यावदले पहिलोपोस्टसँग भने, ‘दराजमा राखिएका बहुमूल्य समान सबै चोरिएको थियो। यादवको डेराबाट चोरले ३ तोला सुनको सिक्री, ८० हजार रुपैयाँ नगद,  डेल कम्पनीको ल्यापटप, क्यान क्यामरा चोरियो। यादवले महानगरीय प्रहरी वृत्त तीनकुनेमा जानकारी दिएपछि प्रहरीले अहिले चोरको खोजी गरिरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell