PahiloPost

Jun 14, 2026 | ३१ जेठ २०८३

किन हिन्दी भाषाप्रति आशक्ति? : धनराज गुरुङ



पहिलोपोस्ट

किन हिन्दी भाषाप्रति आशक्ति? : धनराज गुरुङ

काठमाडौं : नेपाली कांग्रेसका सांसद धनराज गुरुले हिन्दी भाषालाई सरकारी कामकाजको भाषा बनाइने विषयमाथि कडा आपत्ती प्रकट गरेका छन्। संसदमा बोल्दै उनले १ सय २३ भाषा भएको मुलुकमा हिन्दीलाई मात्र लिएर छलफल सुरु भएकोमा आपत्ती जनाएका हुन्।

संसदमा उनले जे बोले :
हिन्दी भाषा सम्बन्धि चर्चा छ। हिन्दी भाषालाई संविधानको अनुसूची बनाउनुपर्छ वा सरकारी कामकाजको भाषा बनाइनुपर्छ भन्ने विषय उठेको छ। विषय संसद र सिंहदरबारमा प्रवेश गरेको छ।
 
हिन्दी भाषाप्रति मात्र किन आशक्ति हो मैले बुझ्न सकेको छैन। १२३ मातृभाषा छन्। ५० जनाले बोल्ने देखिको भाषालाई सम्मान गर्नुपर्छ। मधेशमा मैथली भाषा बोल्ने धेरै छन्। भोजपुरी धेरैको मातृभाषा छ। अनि थारु भाषा छ।
 
तर, त्यो मधेसमा ७७ हजार मात्रको मातृ भाषा भएकोलाई सरकारी कामकाजको विषय बनाउनुपर्छ र हिन्दी भाषालाई संविधानको अनुसूचीमा राख्नुपर्छ भन्ने विषय कहाँबाट आयो। मैले बुझ्न सकेको छैन।
 
हाम्रो संविधानले सबै मातृ भाषालाई राष्ट्र भाषा मानेको छ र नेपालीलाई सरकारी कामकाजको भाषाको रुपमा लिइसकेको छ।
 
यो भाषामाथि हस्तक्षेप हो। यो राष्ट्रियतामाथिको हस्तक्षेप हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell