काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले नेपालको विदेश नीति असन्तुलित भएको दावी गरेका छन्। संसदमा बोल्दै उनले चुनावी भाषणमा जसरी दुई छिमेकी मुलुकबाट उच्च भ्रमण हुने भनिएको आक्षेप लगाए।
राजन भट्टराईले जे बोले:
असन्तुलित भएको भन्दै यसअघिको सरकार हटाउने पटक पटक भनियो। हामी सन्तुलन तर्फ गइरहेका छौँ कि असन्तुलन तर्फ? हामीले जिम्मेवार भूमिका खेलिरहेका छौँ कि छैनौँ?
दुवै मुलुक (भारत र चीन)बाट फर्कँदा प्रधानमन्त्रीका विशेष दूतले उच्च भ्रमण हुने भनियो। तर, के कारणले कुन अवस्थामा विशेष दूतको रुपमा भएको भ्रमण र छलफलमा उठेका विषयमा सरकार जिम्मेवारी हुनुपर्छ कि पर्दैन?
यो विषय सामान्य चुनावी भाषण जस्तो होइन। संवेदिनशील विषयलाई हलुका ढंगले प्रस्तुत गरेका छौं।
भ्रमणदेखि विदेश नीतिका विषयमा हल्काफुल्का टिप्पणी गर्ने र चल्ने काम गम्भीर असन्तुलित विषय हो र यो भड्काउ हो। यसबारे प्रधानमन्त्रीले स्पष्ट पार्नु आवश्यक छ।