PahiloPost

May 1, 2025 | १८ बैशाख २०८२

​डेरा चोरिएका सांसद रामकृष्ण यादवले संसदमा के भने?



पहिलोपोस्ट

​डेरा चोरिएका सांसद रामकृष्ण यादवले संसदमा के भने?

काठमाडौं : दशैं मनाउन घर गएका नेपाली कांग्रेसका सांसद रामकृष्ण यादवको डेरा चोरिएको विषय संसदमा उठेको छ। ‘आज यस्तो विषय उठाउँ कि नउठाउँ? साहस गरेर उठाइरहेको छु,’ यादवले संसदमा विषयको थालनी गर्दै भने।

यादवको सम्बोधनको सम्पादित अंश :
 
हरेक नागरिक दशैंमा गाउँ गएर भेटघाट गर्ने काम गरेका छन्। म पनि आफ्नो क्षेत्रमा गएको थिएँ। विजयादशमीको ‘अवसर’मा चोरी भएको छ।
२१ गते जिल्ला गएको तर अस्ति आउँदा ताला फोडिएको छ। सामान केही लगिएको छ। छेउमै प्रहरी चौकी हुँदाहुँदै पनि।
 
हामी संसदको सदस्यमात्र होइन विकास र शान्ति सुरक्षाको पनि जिम्मेवारी बोकेका छौँ। सांसद बडिगार्ड लिएर हिँड्ने गरेका छैनन्। सबै सांसद गाउँ जान्छन्।

चोर को हो त? त्यसलाई पत्ता लगाएर कारवाही गर्न माग गर्न चाहान्छु।
 
संविधान संशोधन नभइ संविधान कार्यान्वयन हुन सक्दैन। संविधान संशोधनको अग्रसरता सरकारले देखाइरहेको छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell